अर्घाखाँचीमा आगो ताप्दा जलेर एक जनाको मृत्यु

अर्घाखाँचीमा आगो ताप्ने क्रममा जलेर एक जनाको ज्यान गएको छ । जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोक बस्ने वर्ष ७१ की पुतली नेपालीको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रामनारायण गुप्ताले जानकारी दिए ।

घरमा एक्लै बसोबास गदै आएका उनको आगो ताप्दै गर्दा कपडामा आगो सल्किएको थियो । घरमा एकलै भएकाले समयमै उद्वार हुन नपाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *