बागलुङमा ३८ थान अवैध भरुवा बन्दुक बरामद

जिल्ला प्रहरी कार्यालय बाग्लुङले जिल्लाका विभिन्न ठाउँबाट अवैध भरुवा बन्दुक वेवारिसे अवस्थामा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाईहरुबाट खटिएको टोलीले विभिन्न ठाउँबाट ३८ नाल भरुवा बन्दुक बरामद गरेको प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।

बन्दुकसंगै प्रहरीले आशंकामा ६ जनालाईसमेत पक्राउ गरी अनुसंधान थालेको छ ।

प्रहरीले बडिगाड—३ सिसाखानीबाट १ नाल, ताराखोला नागबेलीबाट ४ नाल, उक्त वडाकै छेल्लरखोलाबाट ६ नाल र बगाले सिमओढारबाट दुई नाल गरी एकमुष्ट १२ नाल बन्दुक बरामद गरेको छ ।
त्यस्तै ताराखोलाकै जुल्फे सामुदायिक वनबाट ४ नाल, अर्गल हर्पुखोलाबाट ४ नाल भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।

ताराखोला सिपबाट ८ नाल र हर्पुखोलाबाट ९ नाल बन्दुक बरामद गरेको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *