जीप दुर्घटनामा मृतक संख्या छ पुग्याे

गुल्मीमा जीप दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । यो संगै जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

जीप दुर्घटनामा गम्भीर घाइते भएका इश्मा गाउँपालिका ४ हुलका १९ वर्षका फर्सुराम थापाको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
शुक्रबार बिहान जिल्लाको इश्मा गाउँपालिका वडा नं ४ हुलमा लु १ ज ११६६ नंम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा इश्मा गाउँपालिका वडा नं ४ का ६५ वर्षका डम्मरबहादुर धिताल , नेपाली सेनामा कार्यरत ३३ का शिबबहादुर दर्लामी , ३० वर्षको बशन्त दर्लामी , नेपाली सेनामा कार्यरत ३३ बर्षको धनबहादुर अछामी, मालिका गाउँपालिका ५ की वर्ष ८०की सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रबिणलाल श्रेष्ठले जानकारी दिनुभयो । घाइतेहरुमा वडा नं ४ की २८ वर्षकी सरस्वती दर्लामी र २६ वर्षका कमल हितान रहेको प्रहरीले जनाएको छ । घाइतेहरु मध्ये सरस्वतीको हात भाँचिएको र अर्का कमलको हातमा चोट रहेको प्रहरीले जनाएको छ । शिबबहादुर दर्लामी र धनबहादुर अछामी नेपाली सेनामा कार्यरत रहेको र उनीहरु बिदामा घर आएका थिए ।जीप सडक देखि अनियन्त्रीत भइ चार सय मिटर तल खसेको थियो ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाडीमा चालक सहित ९ जना रहेका थिए । चालक इश्मा गाउँपालिका वडा नं ७ का २४ बर्षका बुद्ध बस्नेत प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *