ओरालाेतिर सुनको मूल्य

स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला रु. २०० ले ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु. २०० ले घटेर रु. ९१ हजार ३०० मा कारोवार भएको छ ।

यस्तै तेजावी सुनको भाउ भने ९० हजार ८ सय रुपैयाँ छ । बिहीबार प्रतितोला छापावाल र तेजाबी सुनको भाउ क्रमशः ९१ हजार पाँच सय र ९१ हजार रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ । बिहीबार ११ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको प्रतितोला मूल्य शुक्रबारकालागि ११ सय ६५ रुपैयाँ तोकिएको छ ।

कोभिड खोपको प्रावकारिता बढेका समाचारहरुसँगै अन्तर्राष्ट्रिय बजारमा बढेको आत्मबलले सुनको मूल्य पछिल्लो एक महिनादेखि ओरालो ट्रेण्डमा छ ।

सुनको अन्तर्राष्ट्रिय मूल्य मापन गर्ने गोल्ड प्राईसकाअनुसार पछिल्लो ३० दिनमा सुनको अन्तराष्ट्रिय मूल्य प्रतिऔंश ५६.९० डलरले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *