एक हजार ९५४ थपिए, दुई हजार ९८१ सङ्क्रमणमुक्त

नेपालमा कोरोनाभाइरसका एक हजार ९५४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ९५४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा आठ हजार २४८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९५४ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ६२ हजार ३५४ पुगेको छ । हाल ३९ ह्जार ६४३ जनामा भाइरसको सङ्क्रमण सक्रिय  छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार ९८१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख २१ हजार ८२४ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ८८७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *