शनिबार थपिए कोरोनाका तीन हजार एक सय ६७ जना संक्रमित

पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोनाभाइरसका तीन हजार १६७ जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १५ हजार ४३८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १५ हजार ४३८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार १६७ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख २९ हजार ३०४ पुगेको छ । हाल ३८ हजार ७३७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार आठ सय जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ८९ हजार ८४० सङ्क्रमित निको भएर घर फर्केका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *