‘उपमेयरलाई अपमान गर्ने मुदार्बाद’ भन्दै उपमेयर हान्निन शिलालेखमा ढुंगा

शिलालेखमा मेयर र वडा पदाधिकारीको मात्र नाम लेखेर आफ्नो नाम छुटाएको भन्दै कैलालीको घोडाघोडी नगरपालिकाको उपमेयरले शिलालेखमा ढुंगा हानेकी छन् भने उनले मेयरविरुद्ध नाराबाजी पनि  गरेकी छिन् ।

कैलालीको घोडाघोडी नगरपालिकाको तीन वटा वडाले आफ्नै भवन बनाएका छन् । नम्बर ७, ५ र १२ ले भवन निर्माण गरेका हुन् ।

तर भवन उद्घाटनका क्रममा मेयर मेयर ममताप्रसाद चौधरी र उपमेयर प्रेमकुमारी थापाको विवाद छताछुल्ल भयो । मेयर चौधरीले वडा नम्बर ७ को भवन उदघाटन गरिरहँदा उपमयेर थापा भने शिलालेखमा ढुंगा हान्न पुगिन् ।

मेयरले रोक्न खोजे तर, विवाद झन चर्कियो । ‘उपमेयरलाई अपमान गर्ने मुदार्बाद’ ‘घोडाघोडी मेयर मुर्दावाद’ ‘महिला भनेर अपमान गर्ने मुर्दावाद’ उनले नारा लगाइन् ।

शिलालेख परिवर्तन गरेर आफ्नो नाम समावेश नगर्दासम्म वडा कार्यालय उद्घाटन गर्न नदिने उनले बताइन् । वडाध्यक्ष धनबहादुर बमले मेयर र उपमेयर दुबैलाई जान आग्रह गर्दै भने, ‘वडाध्यक्षले उद्घाटन गर्छ, वडा सदस्यहरु सहभागी हुन्छन् ।’

तर पछि भने सबै भवनमा उपमेयरको पनि नाम राख्ने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *