किरियापुत्री बसेको घरमा ग्यास सिलिण्डर बिस्फोट, ११ जना घाइते

काठमाडौं महानगरपालिका–१६, नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्यास सिलिण्डर बिस्फोट भएको छ ।

निलकुमारी क्षेत्रको घरमा बिस्फोट भएको हो । किरियापुत्री बसेको कोठामा ग्यास बाल्ने क्रममा विस्फोट भएको हो ।

३३ वर्षका संकल्प क्षेत्रीका अनुसार सुरुमा भुइँ तलाको भर्‍याङ छेउमा ग्यास बाल्ने क्रममा लिक भएर आगलागी भएको थियो । त्यहाँ अर्को सिलिण्डर पनि थियो र विस्फोट हुँदा ठूलो क्षति भएको हो ।

विस्फोटमा ११ जना घाइते भएका छन् । उनीहरुमध्ये गम्भीर घाइते चार जनालाई मनमोहन अस्पताल लगिएको छ । विस्फोटले झ्यालका सीसा फुट्नुका साथै भित्ता नै भत्किएकाले धेरैलाई चोट लागेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *