थप :१८ जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुने कुल संख्या ६६३

नेपालमा कोरोनाभाइरसबाट थप १८ जनाको मृत्यु भएको छ।

मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले कोरोनाबाट थप १८ जनाको मृत्यु भएको जानकारी दिएको हो ।

यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६६३ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ३५९१५ पुगेको छ भने आज मात्रै ३५५६ मा संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *