थप: तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८

पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका तीन हजार ५५६ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएसँगै एक लाख १५ हजार ३५८ जना पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा परीक्षण गरिएकोमा साे संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हाल ३५ हजार ९१५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार ५०३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ७८ हजार ७८० सङ्क्रमित निको भएर घर फर्केका छन् । निकाे हुने दर विगतकाे तुलनामा केही दिनदेखि कम हुँदै गइरहेकाे छ ।

पछिल्लो २४ घण्टामा १८ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ को कारणले मृत्यु हुनेको संख्या ६६३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *