रुपन्देहीमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु

कोरोना सङ्क्रमणका कारण रुपन्देहीका थप तीन जनाको मृत्यु भएको छ । जसमध्ये दुई जनाको कोरोना विशेष अस्पतालमा र एक जनाको बाटोमै मृत्यु भएको हो । उनीहरू सबै बुटवल उपमहानगरका हुन् ।
शनिबार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि आएका बुटवल-११ का ८४ वर्षीय पुरुषको उपचारका लागि दाङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । रुपन्देहीका अस्पतालमा आईसीयू बेड खाली नभएका कारण दाङको कोरोना विशेष अस्पताल बेलझुन्डी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । उहाँलाई शनिबार नै कोरोना पुष्टि भएको थियो । उहाँ मुटुका दीर्घरोगी हुनुहुन्थ्यो ।
यस्तै गाएराति २ बजे बुटवल-११ की ६१ वर्षीया महिलाको पनि मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार गत असोज २१ गते कोरोना पुष्टि भएर कोरोना विशेष अस्पतालमा भर्ना भएकी महिलाको राति २ बजे मृत्यु भएको हो । उहाँको श्वासप्रश्वासमा समस्या थियो ।
यस्तै बुटवल-१ का ७० वर्षीय पुरुषको पनि राति ९ः५५ मा मृत्यु भएको छ । उहाँ गत २२ गतेदेखि कोरोना विशेष अस्पतालमा उपचार गराइरहनुभएको थियो । उहाँमा निमोनिया र श्वासप्रश्वासकाे समस्या थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *