थप: पाँच हजारआठ सङ्क्रमित थपिए संगै कुल सङ्क्रमित संख्या एक लाख पाँच हजार ६८४ पुग्याे

पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोनाभाइरसका पाँच हजार आठ जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १९ हजार ३२० जनाको आरटीपीसीआर परीक्षण गरिए थियो ।
मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १९ हजार ३२० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार आठ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख पाँच हजार ६८४ पुगेको छ । हाल ३० ह्जार ८१८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार २२९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ७४ हजार २५२ सङ्क्रमित निको भएर घर फर्केका छन् । जुन कुल सङ्क्रमितको करिब ७०.२ प्रतिशत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *