कोरोना पोजेटिभ देखिए संगै सञ्चय कोष कार्यालय बन्द

सञ्चय कोषका कर्मचारी लाइ कोरोना पोजेटिभ देखिए संगै उपत्यका भित्रको सञ्चय कोष कार्यालयबाट दिइने सबै सेवा बन्द गरिएको छ ।

कोषले कर्मचारी सञ्चय कोषले आफ्ना सेवा बन्द गरे पनि अनलाइनबाटै गर्न सकिने ‘अनलाइन विशेष सापटी सेवा’ यथावत राख्ने जनाएको छ ।

कोषले उपत्यकाभित्र ठमेल, लगनखेल कार्यालय र पुल्चोक र सिंहदरबार सेवा केन्द्रबाट सेवा दिँदै आएको छ । उपत्यका बाहिर विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, वुटवल, कोहल्पुर, धनगढी, सुर्खेतमा कोषका कार्यालय र धनकुटामा सेवा केन्द्र रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *