थप:३,४३९ सङ्क्रमित थपिए संगै कुल सङ्क्रमित संख्या ९४,२५३ पुग्याे

पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका तीन हजार ४३९ जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १४ हजार २०९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा साे संख्यामा सङ्क्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को साे सङ्क्रमितसहित ९४ हजार २५३ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हाल २५ हजार सात जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । साेही संख्यामा हाेम र संस्थागत आइसाेलेसनमा बसेका छन् । क्वारेन्टिनमा चार हजार १६४  छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार १२६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केकाे बताएकाे छ । हालसम्म ६८ हजार ६६८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

सङ्क्रमण सक्रिय भएकामा मध्ये २३३ जना आइसीयू र ३७ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएकाे छ ।

पछिल्लो चौबीस घण्टामा १५ जनाकाे काेराेना भाइरसका कारणले मृत्यु भएकाे छ । याेसँगै नेपालमा कुल ५७८ जनाकाे मृत्यु भएकाे पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *