थप :२,४४० कोरोना सङ्क्रमित,कुल सङ्क्रमित संख्या ८९,२६३

पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोनाभाइरसका दुई हजार ४४० जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ७८१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ् को  क्रममा पछिल्लो चौबीस घण्टामा १३ हजार ७८१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ४४० जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित ८९ हजार २६३ पुगेको छ । हाल २३ ह्जार ५०७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार १३३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ६५ हजार २०२ सङ्क्रमित निको भएर घर फर्केका छन् । जुन कुल सङ्क्रमितको करिब ७३ प्रतिशत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *