राजस्थानलाई हराउँदै बेंग्लोर शीर्ष स्थानमा

आइपिएलमा रोयल च्यालेन्जर्स बेंग्लोर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

बेंग्लोरले शनिबार भएको खेलमा राजस्थान रोयल्समाथि ८ विकेटको फराकिलो अन्तरको जित निकाल्न सफल भयो।

शीर्ष स्थानको बेंग्लोरले चार खेलमा तीन जित सहित ६ अंक जोडेको छ।

राजस्थानले दिएको १५५ रनको लक्ष्य बेंग्लोरले २ विकेटको क्षतिमा ५ बल खेल्न बाँकी छदा पूरा गर्‍यो।

बेंग्लोरको जितमा कप्तान विराट कोहलीले नटआउट ७२ रन जोडे। उनले ५३ बलमा ७ चौका र २ छक्का हिर्काए। एबी डिभिलियर्सले नटआउट १२ रन जोडे।

यस्तै ओपनर देवदुत पडिकलले पनि अर्धशतक पूरा गरे।

जारी आइपिएलमा तेस्रो अर्धशतक हिर्काएका २० वर्षीय पडिकलले ४५ बलमा ६३ रन जोडे।

आरोन फिन्च भने ८ रनमै आउट भएका थिए।

त्यसअघि राजस्थानले २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रन जोड्यो। उसका लागि महिपाल लोमरोरले ४७ रन जोडे।

राहुल टेवाटियाले १२ बलमा नटआउट २४ रन र जोफ्रा आर्चरले १० बलमा नटआउट १६ रन जोडे।

बलिङमा बेंग्लोरका युजभेन्द्र चाहलले ३ विकेट लिए भने इसुरु उडनाले २ विकेट हात पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *