बालुवाटारमा २८ सैनिकलाई कोरोना संक्रमण पुष्टि

प्रधानमन्त्रि निवास बालुवाटारमा सुरक्षाका लागि खटेका नेपाली सेनाका २८ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि नयाँ फौज पठाउने तयारी गरिएको छ ।

शुक्रबार गरिएको स्वावको रिपोर्ट शनिबार आउँदा २८ जनामा सैनिका कोरोना संक्रमण पुष्टि भएपछि सैनिक हेडक्वाटरले नयाँ फौज पठाउने तयारी गरेको हो ।

नेपाली सेना सहित प्रधानमन्त्री केपी ओलीको कार्यालयका ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसमध्ये राजनीतिक सल्लाहाकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहाकार राजन भट्टराई, प्रेस सल्लाहाकार सुर्य थापा तथा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारीसहित नेपाल प्रहरी र अन्य कर्मचारीहरु छन् ।

प्राप्त जानकारी अनुसार नेपाल प्रहरीका १९ र सशस्त्र प्रहरीका १८ जनालाई पनि कोरोना संक्रमण देखिएको छ । बाँकी चालक र अन्य कर्मचारी छन् ।

सल्लाहकारहरु रिमाल, भट्टराई, थापा र काफ्लेले आफूहरु संक्रमित भएको जानकारी सामाजिक संजाल मार्फत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *