थप :२,१२० कोरोना सङ्क्रमित थपिए,कुल सङ्क्रमित संख्या ८४,५७०

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका दुई हजार एक सय बिस जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ९७८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १२ हजार ९७८ जनाको

आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार १२० जनामा सङ्क्रमणको पुष्टि भएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित ८४ हजार ५७० पुगेको छ । हाल २१ ह्जार ३०२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार ४४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका जनाएको छ। हालसम्म ६२ हजार ७४० सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *