कोरोना भाइरसको संक्रमणबाट बाँकेमा एक पुरुषको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट बाँकेमा शनिवार थप एक पुरुषको मृत्यु भएको छ ।

नेपालगञ्ज १२ का ६० बर्षीय पुरुषको शनिवार अपरान्ह भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले भेरी अस्पताल नेपालगञ्जको कोभिड आइसोलेसन वार्डमा उपचाररत् नेपालगञ्ज १२ का ती पुरुषको शनिवार अपरान्ह ४ः ५६ बजे मृत्यु भएको जानकारी दिनुभयो ।

उहाँले स्वास्थ्यमा समस्या देखिएपछि विहीबार भेरी अस्पतालमा पुरयाइएको जनाउँदै कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि त्यसैदिन स्वाव संकलन गरिएकामा त्यसैदिन रिपोर्ट पोजेटिभ आएको थियो ।

भेरी अस्पतालका अनुसार उहाँ लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र मुटु सम्वन्धित रोगबाट पीडित हुनुहुन्थ्यो ।
ती ६० वर्षिय पुरुषसंगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । जिल्लामा संक्रमित हुनेहरुको संख्या दुई हजार पुगेको जनाउँदै कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले निको हुने संख्या एक हजार ५८४ पुगेको र यसै साता मात्रै १० जनाको मृत्यु भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *