खोप प्रभावकारी भए पनि जनजीवन सामान्य बन्न लामो समय लाग्ने बैज्ञानिक को दाबि

 

खोपलाई प्राय: कोरोनाभाइरस महामारी अन्त्य गर्ने अचुक उपाय मान्ने गरिएको छ। कोरोनाभाइरसविरुद्ध विश्वभरि हाल २०० जति खोपहरू विकास हुने क्रममा रहेका छन्। ती खोपहरू अत्यन्तै तीव्र गतिमा विकास र परीक्षण भइरहेका छन्।

इम्पेरियल कलेज लण्डनस्थित न्याशनल हार्ट एन्ड लङ् इन्स्टिट्युटकी फियोना कली भन्छिन्, “खोपले सम्भवत: महामारी अन्त्य गर्नेछ भन्ने ठूलो आशा दिएको छ तर हामीलाई के थाहा छ भने विगतमा खोप विकास गर्दा कैयौँ असफलता हात लागेका छन्।”

यूके सरकारका विज्ञान सल्लाहकारसहित कैयौँलाई यो वर्षभित्रै केहीका लागि र अर्को वर्षको सुरुवात्‌बाट आम रूपमा नै खोप उपलब्ध हुनसक्ने आशा छ।

यद्यपि रोयल सोसाइटीले भने यो लामो प्रक्रिया हुने चेतावनी दिएको छ। यसै गरि  कोरोनाभाइरस विरुद्ध प्रभावकारी हुने खोपले समेत आगामी वसन्त ऋतुमा पनि जनजीवन सामान्य नबनाउने यूकेका वैज्ञानिकहरूको एउटा समूहले चेतावनी दिएको छ।   ब्रिटेनको रोयल सोसाइटीका वैज्ञानिकहरूले संयुक्त रूपमा तयार पारेको एउटा प्रतिवेदनले कस्तो खोप कहिले उपलब्ध हुन्छ भन्नेबारे “हामी यथार्थवादी हुनुपर्ने” बताएको छ।

उनीहरूले खोप आउन एक वर्ष लाग्नसक्ने भएकाले त्यसपछि प्रतिबन्धहरूलाई विस्तारै खुकुलो पार्नुपर्ने हुनसक्ने बताएका छन्।

इम्पेरियल कलेज लन्डनका केमिकल इन्जिनियरिङ विभागका प्रमुख प्राध्यापक निलय शाह भन्छन्, “जब खोप उपलब्ध हुन्छ त्यसपछि पनि एकै महिनामा सबैले खोप पाउँछन् भन्ने छैन, हामी ६ महिना वा ९ महिना भनिरहेका छैनौँ… एक वर्ष भनिरहेका छौँ।”

“अनि आगामी मार्चमा नै जीवन सहज र सामान्य अवस्थामा फर्कन्छ भन्ने प्रश्नै उठ्दैन नि!”

उक्त प्रतिवेदन अनुसार अझै अगाडि निकै धेरै चुनौतीहरू छन्।

कोरोनाभाइरसको खोप बनाउन कतिपय नयाँ खाले खोजी पनि भएका छन्। जस्तो पहिले आम रूपमा उत्पादन नगरिएको आरएनए खोपबारे पनि अनुसन्धान भएको छ।

त्यस्तै खोप होस् वा खोप राख्ने ‘ग्लास भाइल्स’ दुवैका लागि कच्चा पदार्थहरूको उपलब्धताका बारेमा पनि चिन्ताहरू व्यक्त भइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *