एकै दिन थपिय २ हजार ७२२ कोरोना सङ्क्रमित,कुल संक्रमितको संख्या ८२ हजार ४५०

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १४ हजार ७३९ नमुना परीक्षण गर्दा ९६५ महिला र १७५७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । उनीहरुमध्ये ५२० जनाको मृत्यु भएको छ भने ६० हजार ६९६ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ३३०७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर २१ हजार २३४ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ११ हजार ७६० होम आइसोलेसनमा छन् । ९ हजार ४७४ संस्थागत आइसोलेसनमा छन्, जसमध्ये २१० जना आईसीयू र २९ जना भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *