मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को नियमित बैठक अहिले बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार विहान १० बजे मन्त्रिपरिषद बैठक बस्ने तय भएको कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले जानकारी दिनुभयो ।
मन्त्रिहरु बैठकका लागि बालुवाटार पुगिसक्नुभएको छ । आजको बैठकलाई नियमित बैठक भनिए पनि बैठकको एजेण्डाबारे केही बताइएको छैन । बैठकमा केही नियुक्ति तथा दैनिक समस्या समाधानका विषयमा छलफल हुने मन्त्री भुषालले बताउनुभयो ।
पछिल्लो केही दिनदेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा( का दुई अध्यक्षबीच नियमित छलफल भइरहेको छ । मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भए पनि अहिलेसम्म ठोस सहमति बन्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *