बायर्नले जित्यो जर्मन सुपर कपको उपाधि

गएराति भएको खेल जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखले जितेको छ ।

फाइनलमा बोरुसिया डर्टमण्डलाई ३-२ ले पराजित गर्दै बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको हो ।

एलिनाज एरेनामा भएको खेलमा बायर्नको लागि कोरेन्टिन टोलिस्सो, थोमस मुलर र जोसुवा किमिचले गोल गरे । डर्टमण्डका लागि युलियन ब्राण्ड्ट र एर्लिङ हल्याण्डले गोल गरे।

खेलको १८ औं मिनेटमै टोलिस्सोले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नको अग्रता दोब्बर गरे । ३९ औं मिनेटमा डर्टमण्डका युलियन ब्राण्ड्टले गोल गर्दै गोल अन्तर कम पारे ।

खेलको ५५ औं मिनेटमा हल्याण्डले गोल गरेपछि डर्टमण्डले खेल बराबरी गर्‍यो । तर ८२ औं मिनेटमा किमिचले गोल गर्दै बायर्नलाई फेरि अग्रता दिलाए । किमिचले खेल सकिन ८ मिनेट बाँकी हुँदा गरेको गोल नै बायर्नलाई उपाधि जिताउन निर्णाक बन्यो ।

बायर्नले जितेको यो पाँचौ ट्रफी हो । बायर्नले यसअघि जर्मन बुण्डेसलिगा, जर्मन कप युरोपियन च्याम्पियन्स लिग र युइएफए सुपर कपको उपाधि जितिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *