पछिल्लो २४ घण्टा कोरोना संक्रमणबाट थप :१५ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट चिकित्सक र ६ वर्षीय बालकसहित १५ जनाको मृत्यु पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त तथ्यांकअनुसार रुपन्देहीका ३ जना, काठमाडौं, सुनसरी र बाँकेका २/२ जना, भक्तपुर, ललितपुर, धनुषा, रौतहट, मोरङ र सुर्खेतका एक-एक जनाको मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *