कमजोर ब्याटिङ गरेको दिल्लीमाथि हैदरावादको जित

आइपिएल क्रिकेटमा दिल्ली क्यापिटल्सले सिजनको पहिलो हार बेहोरेको छ।

दिल्लीलाई मंगलबार राति भएको खेलमा सनराइजर्स हैदरावादले १५ रनले पराजित गर्‍यो। सुरुवाती दुई खेलमा पराजित भएको हैदरावादको भने यो पहिलो जित हो।

पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ४ विकेटको क्षतिमा १६२ रन जोड्यो। उसका लागि जोनी वायस्टोले ४८ बलमा ५३ रन बटुले।

कप्तान तथा ओपनर डेभिड वार्नरले ३३ बलमा ४५ रन र केन विलियमसनले २६ बलमा ४१ रन जोडे।

बलिङमा दिल्लीका अमित मिश्रा र कागिसो रबाडाले २-२ विकेट लिए।

१६३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन मात्र जोड्न सक्यो।

दिल्लीका लागि ओपनिङ ब्याट्सम्यान शिखर धवनले सबैभन्दा बढी ३४ रन जोडे। रिशव पन्तले २८ रन तथा शिमरन हेटमेयरले २१ रन बटुले। अन्य ब्याट्सम्यानले उल्लेख्य रन बटुल्न सकेनन्।

बलिङमा हैदरावादका रासिद खानले ३ विकेट लिए। प्लेयर अफ दि म्याच भएका खानले ४ ओभरमा १४ रन मात्र दिए। भुवनेश्वर कुमारले २ विकेट हात पारे।

आइपिएलमा बुधबार राजस्थान रोयल्स र कोलकता नाइट राइडर्सबीच खेल हुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *