होम आइसोलेसनमा बसेकी एक महिलाको मृत्यु

जाजरकोटकोमा कोरोना भाइरस ( कोभिड-१९ ) सङ्क्रमित एक महिलाको मृत्यु भएको छ।

कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा बसेकी जाजरकोटको एक महिलाको मृत्यु भएको हो ।जुनीचाँदे गाउँपालिका-५ गर्खाकोटकी ७६ वर्षीय महिलाको स्वास्थ्यमा समस्या देखिएपछि नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहोलपुर लैजाने क्रममा सोमबार मृत्यु भएको हो ।

कोरोना संक्रमण भएको आशंकामा असोज ५ गते शिक्षण अस्पतालमै पीसीआर जाँच गराउँदा ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी होम आइसोलेसनमै बसेकी थिइन् ।

सोमबार दिउँसो भने उनलाई कोरोना आइसोलेनमा लैजाने क्रममा सवा दुई बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए ।

महिलाको पारिवारिक स्रोतका अनुसार उनमा पित्तथैलीसम्बन्धी रोग पनि थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *