थप : ४ जनाको कोरोनाबाट मृत्यु,मृत्यु हुनेको संख्या ४ सय ८१ पुगे

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ महिला र २ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । आज सुनसरीमा ३८ वर्षीया र भक्तपुरमा ५१ वर्षीया महिलाको मृत्यु भएको  छ ।

यस्तै बाँकेमा ४७ वर्षीय र गुल्मीमा ३४ वर्षीय महिलाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ ।

आज नेपालमा १३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल संक्रमितको सख्या ७४ हजार ७ सय ४५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *