कैलालीमा कोरोना संक्रमित एक महिलाको मृत्यु

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका-१ की ६३ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि उनी असोज ७ गते अस्पतालमा भर्ना भएकी थिइन् । दमको रोगी समेत रहेकी उनमा असोज १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै धनगढीमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *