उपत्यकामा थपिए ८१७ जना सङ्क्रमित

उपत्यकामा कोरोनाभाइरसका ८१७ जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको तीन जिल्लामा ८१७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ मा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौंमा २३५ महिला र ४१४ पुरुष, ललितपुरमा ५० महिला र ८२ पुरुष तथा भक्तपुरमा १६ महिला र २० पुरुष सङ्क्रमित थपिएका हुन् । त्यसैगरी, उपत्यकाका तीन जिल्लासिहत वागमती प्रदेशमा ८९३ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

चौबीस घण्टामा एक हजार ३५१ जना थपिएकोमा ८९३ सङ्क्रमित वागमती प्रदेशकै छन् । काठमाडौं उपत्यकाबाहेक मकवानपुरमा सबैभन्दा बढी ४० जना सङ्क्रमित थपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *