म्यानचेस्टर युनाइटेडले ब्राइटनमाथि रोमाञ्जक जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले ब्राइटनमाथि रोमाञ्जक जित हात पारेको छ। युनाइटेडले ब्राइटनमाथि इन्जुरी टाइमको दशौं मिनेटमा गोल गर्दै ३-२ गोलको नाटकीय जित हात पारेको हो।

खेलमा रेफ्रीले अन्तिम सिठ्ठी फुकेपछि भिएआरको प्रयोग गरेका थिए। कर्नर बलमा ब्राइटनका खेलाडीले ह्यान्ड बल गरेको देखिएपछि युनाइटेडलाई पेनाल्टी दिइएको थियो।

प्राप्त पेनाल्टीमा युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले गोल गरेका थिए

त्यसअघि ब्राइटनले पनि इन्जुरी टाइममै बराबरी गोल फर्काएको थियो। दोस्रो हाफको पाँचौ मिनेटमा ब्राइटनका मार्चले बराबरी गोल गरेका थिए।

खेलमा अग्रता ब्राइटनले लिएको थियो। नेल माउपेले ४० मिनेटमा पेनाल्टीमा गरेको गोलबाट ब्राइटनले अग्रता लियो।

युनाइटेडले उपहार गोलबाट खेलमा बराबरी गर्न सफल। ४३ मिनेटमा ब्राइटनका डङ्कले आफ्नै पोस्टमा गोल गरेपछि पहिलो हाफ १-१ को बराबरीमा सकियो।

५५ मिनेटमा म्यानचेस्टरले रास्फोडको गोलबाट खेलमा अग्रता लिएको थियो।

सिजनको पहिलो खेलमा क्रिस्टल प्यालेससँग ३-१ गोलले पराजित भएको युनाइटेडले ब्राइटनलाई हराएसँगै सिजनमा अंकको खाता खोल्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *