थप:१२०७ संक्रमित थपिए,मृतकको संख्या ४६८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा नेपालमा १२०७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने थप ८ जनाको मृत्यु पुष्टि भएको छ ।

काठमाडौं, बझाङ, ललितपुर, भक्तपुर, मकवानपुर, बर्दिया, कैलाली र सप्तरीका एकएक जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ४६८ पुगेको छ ।

हालसम्म ७१ हजार ८२१ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ५३ हजार १३ जना संक्रमितमुक्त भएका छन् भने १८ हजार ३४१ सक्रिय संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *