ललितपुरको भट्टेडाँडामा पहिरो जाँदा पाँच जना घाइते,

ललितपुरको भट्टेडाँडामा पहिरो जाँदा पाँच जना घाइते भएका छन् । उक्त पहिरोमा परि दुई टिपर र एक मोटरसाइकल पुरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

बुधबार साँझ पहिरो गए पनि बिहीबार बिहानमात्र उद्धारमा प्रहरी पुगेको छ। घाइते पाँचै जनाको स्थानीय स्वास्थ्यकर्मीले उपचार गरिरहेका छन्।

उनीहरूलाई थप उपचारका लागि कतै पनि ल्याउन नसकिएको महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ।

उक्त क्षेत्रका प्रतिनिधिसभा सदस्य नवराज सिलवालका अनुसार घाइतेमध्ये कुमार नगरकोटीको अवस्था गम्भीर छ। उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ। उक्त ठाउँमा गाडी जानसक्ने अवस्था छैन।

‘गृहबाट हेलिकप्टर मागिएको छ, तर मौसम प्रतिकूलताका कारण उड्न सकिरहेको छैन,’ सिलवालले भने, ‘मौसम खुल्नेबित्तिकै हेलिकप्टर जान्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *