धादिङ गजुरीमा पहिरो जाँदा दुई कन्टेनर पुरिए

धादिङ को गजुरीमा पहिरो जाँदा दुई कन्टेनर पुरिएका छन् ।

अविरल वर्षाको कारण सडकमाथिबाट आएको पहिरोमा परी काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ६४०८ नंको कन्टेनर र मुग्लिनबाट काठमाडौं आउँदै गरेको एचआर ३३–९९०१ नम्बरको भारतीय कन्टेनर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

गजुरी गाउँपालिका–१ स्थित गलौंदीमा बिहान सडक माथिबाट आएको पहिराले सडकमा गुडिरहेका सवारीसाधन पुरिएका हुन् । अविरल वर्षाका कारण पृथ्वीराजमार्ग अवरुद्ध हुँदा सयौं सवारीसाधन रोकिएका छन् । राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय र गाउँपालिकाको पहल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *