झापाका एक कोरोना संक्रमितको मृत्यु

विराट मेडिकल कलेज मोरङमा  उपचाररत झापा भद्रपुरका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका –१० का ८६ वर्षीय वृद्धको बुधबार विहान मृत्यु भएको कलेजका आइसोलेसन इञ्चार्ज सुनील देवले जानकारी दिए ।

कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि अस्पताल आएका वृद्धलाई सोमबार नै कोरोना पोजेटिभ देखिएको थियो ।

वृद्धलाई उपचारका लागि भर्ना गर्दा स्वासप्रश्वासमा समस्या देखिएको, ज्वरो आएको र जटिल खालको निमोनिया देखिएको अस्पतालले जनाएको छ । उनको मिर्गौलामा पनि समस्या देखिएको थियो ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ५७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *