आङरिता शेर्पालाई राष्ट्रिय सम्मान

सरकारले विश्व कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मान साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘हिउँचितुवा’का नामले विश्वप्रसिद्ध शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।
परराष्ट्र मन्त्री तथा प्रवक्ता प्रदीपकुमार ज्ञवालीले राष्ट्रिय सम्मानसाथ पर्वतारोही शेर्पाको अन्त्येष्टि गरिने र सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय गरिएको जानकारी दिनुभयो । बोटलमा लगिएको अक्सिजनबिना नै १० पटक सगरमाथा आरोण गरी साहसिक पहिचान बनाएका शेर्पाको सोमबार ७२ वर्षको उमेरमा काठमाडौँको जोरपाटीमा निधन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *