सोमबार देखि शुक्रबारसम्म चट्याङसहितको भारी वर्षा हुने सम्भावना

जल तथा मौसम विज्ञान विभागले भोलि देखि पांच दिन सम्म  भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।

सोमबार देखि शुक्रबारसम्म देशभरी मेघ गर्जन र चट्याङसहितको भारी वर्षा हुने केही स्थानमा भने हावाहुरीसहितको अधिक वर्षा हुने विभागले जनाएको छ ।

हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा नेपालका विभिन्न भागमा भारी वर्षा हुने विभागको अनुमान छ ।

आगामी शुक्रबारसम्म आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *