उपत्यकामा ७६७ संक्रमित थपिए, ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै काठमाडौं उपत्यकामा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंका ४०, ६० र ६३ वर्षीया महिला तथा ८२ वर्षका पुरुषको मृत्यु भएको छ ।

ललितपुरकी ७५ वर्षीया महिला र भक्तपुरकी ७२ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *