काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भूकम्पको ठूलो झड्का महशुस

बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

बिहान ५ बजेर १९ मिनेटतिर भूकम्प गएको हो। केहीबेरसम्म भूकम्प भइरहेपछि सर्वसाधारण घरबाट बाहिर निस्केका थिए।

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर  ६ म्याग्नेच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का मकवानपुर, चितवन, स्याङ्जालगायत देशका अरू भागमा पनि महशुस गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *