पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक भर्खरै सञ्चालनमा आयो

शुक्रबार विहानै पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक भर्खरैबाट सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना–६ चारकिलो नजिकै पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो । पहिरो खसेपछि प्रहरी सडक डिभिजन कार्यालयको सहयोगमा पहिरो पन्छाएर एकतर्फी बाटो खुला गरिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले भन्नु भयो विहान खसेको पहिरो पन्छाएर १० बजे एकतर्फी खुला गरिएको थियो । पूर्ण रुपमा  दिउसो ३ः४० बाट मात्र दुइ तर्फि यातायात सञ्चालनमा आएको हो ।

रातिदेखि परेको वर्षाको कारण मुग्लिन नारायणगढ सडक खण्डमा पहिरो खसेर बाटो अवरुद्ध भएको थियो । दुइदिन अगाडि मात्रै सोही सडक खण्डको भतेरीमा पहिरो खसेर केही घण्टा सडक अवरुद्ध भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *