नेपालमा थप १,४५४ जनामा कोरोना सङ्क्रमण पुष्टी, काठमाण्डू उपत्यकामा मात्रै ६९६ जना

नेपालमा  वितेको २४ घण्टामा  थप १,४५४ जनामा कोरोना सङ्क्रमण को पुष्टी भइ  कुल कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ५१,९१९  पुगेको छ भने  थप  पाँच जना मृतक समेत थपिएका छन्।

अहिले नेपालमा १४,९२१ जना सक्रिय सङ्क्रमित छन् जसमध्ये ६,६३४ घरमै छन् भने बाँकी ८,२९१ संस्थागत आइसोलेशनमा छन्।सङ्क्रमितहरूमध्ये १७० जना सघन उपचार कक्षमा र २४ जना भेन्टिलेटरमा उपचाररत छन्।क्वारेन्टीनमा ५,०७८ जना रहेका छन्।यो अवधिमा १०,७०१ पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

आज मात्र थपिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाण्डू जिल्लाका ६२० जना रहेका छन्।भक्तपुरमा ३८ र ललितपुरमा ३८ गरी उपत्यकाका जिल्लामा कुल ६९६ जना सङ्क्रमित थपिएका छन्।त्यस्तै मोरङमा ४७, कैलालीमा ६७, मकवानपुरमा ५४, रूपन्देहीमा १०२, चितवनमा ७४ र सिराहामा ४२ जना र बाकी अन्य स्थान मा सङ्क्रमित थपिएका छन् ।

यसै गरि आज सम्म  निको हुनेको सङ्ख्या ३६,६७२ पुगेको छ।  नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त हुने दर लगभग ७१ प्रतिशत छ।अहिलेसम्म नेपालमा ३२२ जनाको कोभिड-१९ का कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *