कारागारका ४ कैदीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि

काठमाडौंको केन्द्रीय कारागारमा मृत्यु भएका  ४ जना कैदीमा कोरोना संक्रमण पुष्टि भएको  छ।

भदौ १६ गते मृत्यु भएको ३ जना र भदौ १९ गते मृत्यु भएको  १ जनाको कोरोना संक्रमण पुष्टि भएको जेलर लक्ष्मी बास्कोटाले जानकारी दिनु भयो ।

कोरोना पुष्टि भएका ४ जनामध्ये २ जना जबर्जस्ती करणी र २ जना कर्तव्य ज्यान मुद्धामा सजाय भोगिरहेका थिए । उनीहरु सबै केन्द्रीय कारागारकै अस्पतालमा उपचाररत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *