नेकपा स्थायी कमिटीको बैठक भदौ २६ मा

नेकपा स्थायी कमिटीको बैठक भदौ २६ मा तय भएको छ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा स्थायी कमिटी बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन्।

गत साउन १३ गतेदेखि अनिश्चितका लागि स्थगित भएको स्थायी कमिटी बैठक २६ गते बस्न लागेको हो।

साउन १३ गते प्रधानमन्त्री ओलीले एकतर्फी रूपमा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए।

कार्यदलले दुई अध्यक्षलाई भदौ ६ गते प्रतिवेदन बुझाएको थियो भने भदौ १८ गते सचिवालयमा पेश भएको थियो।

सोही प्रतिवेदनलाई  स्थायी कमिटीमा पेश गर्न लागिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *