कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमित बृद्धको मृत्यु

कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइ रहेका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान ३ः१५ बजे मृत्यु भएको हो ।

उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार भदौ ११ गने संक्रमण पुष्टि भएका वृद्ध १० दिन होम आइसोलेसनमा बसेपछि स्वास्थ्यमा समस्या थपिएर अस्पताल भर्ना हुनुभएको थियो । उच्च रक्तचापको समस्याबाट ग्रसित मृतक बृद्ध गत शनिबार कोभिड उपचार केन्द्रमा भर्ना गरिएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले जानकारी दिनुभयो ।

प्रदेश १ मा हालसम्म ४२ जनाको मृत्यु भईसकेको छ । जसमध्ये प्रदेश २ का १२ जना रहेका छन् । विराटनगरका १५ जनाले ज्यान गुमाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *