थप ८८४ जनामा  कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ।

यस सँगै सङ्क्रमित हुने कुल संख्या ३७ हजार ३४०  पुगेको  छ । जसमध्य २४२ जना महिला र  ६४२ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो  ।

नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १६ हजार ५७७ रहेका छन् । होम आइसोलेसनमा छहजार ४४५  र संस्थागत आइसोलेसनमा १० हजार १४५ रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५५ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २० हजार ५५५  पुगेको छ ।

विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू आठ हजार ३५ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *