कोरोना भाइरसबाट थप :१२ जनाको मृत्यु,मृत्यु हुनेको संख्या २०७ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट १२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा मात्र ६ जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका २/२ जनाको मृत्यु भएको छ ।

यस्तै पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एकएक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *