काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमित दुई महिलाको मृत्यु

काठमाडौँ उपत्यकामा कोरोना सङक्रमणबाट दुई जना महिलाको मृत्यु भएको छ । पाटन अस्पताल ललितपुरमा उपचाररत दुई जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय, ललितपुरका अनुसार पाटन अस्पतालमा उपचाररत काठमाडौँकी ५१ वर्षीया महिला र भक्तपुरकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो । भक्तपुरकी महिलाको आईसीयूमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । उहाँ भदौ ८ गते उपचारका लागि भर्ना हुनुभएको थियो । आईसीयूमा उपचाररत उहाँको बिहान ६ बजेर ४० मिनेटमा निधन भएको स्वास्थ्य कार्यालय, ललितपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका अधिकृत उपेन्द्र अर्यालका अनुसार काठमाडौँकी ५१ वर्षीया महिलाको शुक्रबार राति करिब ११ बजे उपचारकै क्रममा निधन भएको छ । उहाँ साउन ३० गते पाटन अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *