थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि:कुल संक्रमित संख्या ३२ हजार ६७८

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै देशभर संक्रमण पुष्टि हुनेको कुल संख्या ३२ हजार ६७८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनु भएको हो ।
उनका अनुसार काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गौतमका अनुसार काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी उपत्यकामा २२४ जनामा संक्रमण पुष्टि भएको हो ।
उनका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार १५४ र  होम आइसोलेसनमा ४५६१ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा  १७५ जना संक्रमणमुक्त भएका छन् भने निको हुनेको कुल संख्या १८ हजार ८०६ पुगेको छ।
यसैबीच कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा सुनसरीका १, मोरङका १, पर्साका १, काठमाडौंका १, रुपन्देहीका ४ जना गरी  ८ जनाको मृत्यु भएको जानकारी दिइएको छ । यससँगै मृतकको कुल संख्या १५७ पुगेको गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *