क्वालालम्पुरबाट काठमाडाैँका लागि चार्टर्ड उडान पुनः सुचारु हुने

मलेसियाको राजधानी क्वालालम्पुरबाट काठमाडाैँको लागि तय भएका चार्टर्ड उडानहरू पुनः सुचारु हुने भएका छन् । मलेसियास्थित नेपाली राजदूतावासले १९, २० र २१ अगष्टको लागि टिकट लिइसकेका यात्रुहरूले आफ्नो एयरलाईन्स वा ट्राभल्स एजेन्सीमा सम्पर्क गरी आफ्नो उडान सुनिश्चित गर्न अनुरोध गरेको छ ।

कोभिड–१९ को पीसीआर नेगेटिभ रिपोर्ट भएका व्याक्तिहरूले मात्र यात्रा गर्न पाउनेछन् । पीसीआर परीक्षणबाहेक अन्य परीक्षणहरू मान्य नहुने दूतावासले बताएको छ । उक्त रिपोर्ट नेपाल पुग्ने दिनसम्म सात दिनभित्रको हुनुपर्नेछ ।

पहिले पीसीआर परीक्षण गरिसकेका र नेपाल पुग्ने दिनसम्ममा सात दिनको अवधि काट्ने भएका व्यक्तिहरूले पुनः पीसीआर परीक्षण गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *