मनमैजुमा छुरा प्रहार गरि एक जनाको हत्या

काठमाडौँको मनमैजुमा छुरा प्रहार गरि एक जनाको हत्या भएको छ।

शुक्रबार राति करिब साढे ८ बजे मनमैजुस्थित खाजा घरमा विवाद हुँदा दोर्जे शेर्पा समूहले धारिलो हतियार (छुरा) प्रहार गरि नुवाकोटका लक्ष्मण तामाङलाई घाइते बनाएका थिए।

गम्भीर घाइते लक्ष्मणको उपचारका लागि ग्रीनसिटी अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

हत्यामा संलग्न मुख्य आरोपी पक्राउ परेका छैनन् । सोधपुछका लागि तीनजना युवलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *