बागलुङमा पहिरोले घर भत्किदा दुई बालकको मृत्यु

शुक्रबार राती बागलुङको निसीखोला गाउँपालिका–५ हारीगाउँमा पहिरोले एक घर पुरिदा दुई बालकको मृत्यु भएको छ ।

अविरल वर्षसँगै घरमाथिबाट आएको पहिराले पश्चिम निसीखोला गाउँपालिका–५ कारीगाउँकाका हिराबहादुर विकको घर पुर्दा उहाँका १४ वर्षिय छोरा विरेन्द्र विक र छोरीको छोरा ६ वर्षिय नाति प्रवेश विकको मृत्यु भएको हो ।
पहिरोमा परी विककी श्रीमती ५३ बर्षिय विलसरा विक घाईते हुनुभएको छ । उहाँको पहिरोबाट उद्धार गरी उपचारको लागि झिावाखोला पठाएको निसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक लालमणी भट्टराईले जानकारी दिनुभयो । घरको माथिल्लो तला अर्थात आँटीमा सुतेका परिवार सकुशल रहेका छन् ।
पहिरो राती साढे दुई बजेको समयमा गएको थियो । राती सुतेको बेलामा पहिरो जाँदा घरमा सुतेका ६ जना मध्ये दुईको मृत्यु, एक घाईते र अन्य सकुशल रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *